NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ८ गते

एक साता नहुँदै प्रहरीमा गृहमन्त्रीको हस्तक्षेप, विभिन्न कार्यालयका इन्चार्ज फेरिए

काठमाडौं । गृहमन्त्रीमा नियुक्त भएको एक साता नहुदै प्रहरीमा गृहमन्त्री रमेश लेखकको हस्तक्षेप सुरु भएको छ । उनको निर्देशनमा विभिन्न कार्यालयका प्रमुखहरुलाई अवधि नपुगी हटाइएको छ ।

शुक्रबार बेलुका भएको सरुवामा तनहुँ र उदयपुरका एसपीलाई हटाइएको छ । उदयपुरका एसपी रमेश थापाको उनकै इच्छाअनुसार सरुवा भएको हो । त्यहाँ हरिहरनाथ योगीलाई पठाइएको छ ।

त्यस्तै, तनहुँका एसपी अपिल बोहरालाई भने चार महिनामै हटाइएको छ । उनको सुर्खेत ट्राफिक कार्यालयमा सरुवा भएको छ। त्यहाँ कांग्रेस निकट एसपी वीरेन्द्र शाहीलाई खटाइएको छ ।

त्यस्तै, डिएसपीका लागि आकर्षक मानिने पोखराको बैदामका डिएसपीलाई पनि ६ महिनामै हटाएर सन्तोष निरौलालाई खटाइएको छ । त्यस्तै चन्द्रनिगाहपुरमा राजकुमार राई, भोजपुरमा युवराज तिमिल्सिना र मोरङको पथरीमा मोहनबिक्रम दाहाललाई पठाइएको छ ।
त्यस्तै, काठमाडौंको नयाँबसपार्कसहित विभिन्न नाकाका इन्सपेक्टरहरु समेत हेरफेर गरिएको छ ।
एक उच्च प्रहरी अधिकारीका अनुसार केही इन्चार्जहरुलाई अवधि नपुगी बिना कारण हटाइएको छ । जसले प्रहरीमा गृहमन्त्री लेखकको हस्तक्षेप देखिन थालेको छ ।