प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्रीले नियुक्त भएको र सहयोग गरेको कुनै दलले समर्थन फिर्ता लिएको खण्डमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओलीले संविधानको सोही व्यवस्थाअनुसार आइतबार विश्वासको मत लिन लागेका हुन् ।
संसद् सचिवालयले आइतबार प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको जनाएको छ ।
प्रधानमन्त्री ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीका १९३ सांसद छन् भने विपक्षमा ७७ सांसद् छन् । विपक्षमा माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादी उभिए पनि जनमोर्चा, नेमकिपा र ३ स्वतन्त्र सांसद कतैतिर पनि खुलेका छैनन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया