NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

सार्वजनिक प्रशासनमा देखा परेका नवीन प्रवृतिहरू र यसका कारण

सार्वजनिक प्रशासनमा देखा परेका नवीन प्रवृतिहरू उल्लेख गर्दै नवीन प्रवृतिहरू आउनुका कारणहरू उल्लेख गर्नुहोस् ।
उत्तर
सार्वजनिक प्रशासन
देशको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी र कर्मेन्द्रीय संरचना सार्वजनिक प्रशासन हो । सार्वजनिक प्रशासनले राजनीतिको नजिक रहेर शासन,  विकास र सेवा प्रवाहमा सहयोग गरिरहेको हुन्छ । सार्वजनिक प्रशासन निरन्तर चलिरहने गतिशील प्रणाली हो । सरकार एक्लैले मात्र सार्वजनिक प्रशासन व्यवस्थित हुन नसक्ने भएको कारण सार्वजनिक प्रशासनलाई व्यवस्थित र गतिशील बनाउन देहायबमोजिमका सार्वजनिक प्रशासनमा नवीन प्रवृतिहरू प्रयोग भएको पाइन्छ :
१)  Public Management
  •  सरकारसँगै शासन व्यवस्थामा व्यवस्थापनका प्रकिया र गुणहरू अवलम्बन साथै निजी क्षेत्रहरूका व्यावसायिक गुणहरू सार्वजनिक प्रशासनमा अवलम्बन ।
२) New Public Management
  •  ग्राहककेन्द्रित, बजारकेन्द्रित अवधारणा, नतिजातर्फको अभिमूखीकरण, व्यवस्थापन लचकता र प्रत्यक्ष उत्तरदायित्व । मुद्राको मूल्य, कार्यसम्पादन नतिजा र सेवाग्राही सन्तुष्टिमा जोड तथा सरकारले निजी क्षेत्रसँगको सहकार्यमा शुल्क लिएर पनि सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यता ।
३) New Public Service
  •  नागरिकलाई ग्राहक मात्र नभई सेवाग्राहीको रूपमा लिनुपर्ने, विश्वव्यापीकरणका नयाँ मानक र मापदण्डको प्रयोग, उत्पादनलाई हैन नागरिकलाई महत्त्व, सार्वजनिक हितलाई महत्त्व र जवाफदेहिता हुनुपर्छ भन्ने मान्यता ।
४) New Public Governance
  •  सेवा उत्पादन, व्यवस्थापन र उपयोगमा साझेदार सेवाग्राही
  • सुशासनमार्फत सेवा प्रवाहमा प्रभावकारिता
  • Co-Construction, Co-Production  र Co-Management मार्फत सहशासन ।
५) Multilevel Governance
  •  समन्वय, सहकार्य र सहअस्तित्वमा शासन व्यवस्था सञ्चालन हुनुपर्ने । एक पक्ष र एक तहबाट मात्र शासन व्यवस्था सञ्चालन नहुने भएकाले बहुतह, राष्ट्रिय, क्षेत्रीय र अन्तरार्ष्ट्रिय रूपमा पनि सञ्जालीकृत रूपमा शासन व्यवस्था सञ्चालन हुनुपर्छ भन्ने मान्यता ।
६) Good Governance
  •  सार्वजनिक नीति व्यवस्थापनलाई प्रमुखता दिइने, राजनैतिक सामाजिक विषयलाई एकीकृत गरी सुशासनमा जोड ।
७) New Public Passion
  •  सेवा प्रवाहमा तथा डिजाइन र योजना प्रणालीमा जनताका इच्छा, चाहना र आकांक्षामा जोड । साथै प्रशासनमा आन्तरिक र बाह्य उत्प्रेरणा जगाइ संगठनको गतिशीलतामा जोड दिन्छ ।
यसका साथै
  • E-Governance
  • Responsive Governance
  • Meta Governance
  • Digital Era Governance
  • Networking Governance
  • Good Enough Governance
स्थायी संयन्त्र र योग्यता प्रणालीमा रहेको देशको सार्वजनिक प्रशासनमा यस्ता किसिमका नवीन प्रवृतिहरू आउनुका कारण देहायबमोजिम रहेका छन् :
  •  शासकीय मूल्यमान्यतामा आएको फरक सोच, परिवर्तन र रूपान्तरण
  • विश्वव्यापीकरण, आर्थिक उदारीकरण, श्रम उदारीकरण र व्यापार उदारीकरणको प्रभाव
  • नवीन विज्ञान प्रविधि र नयाँ अाविष्कारको प्रभाव
  •  राज्यको भूमिका र दायरामा भएको विस्तार
  • जनसंख्या वृद्धि, वातावरण सन्तुलन र दिगो विकासमैत्री अवधारणा
  • सार्वजनिक निजी साझेदारी (PPP) को अवधारणा
  •  बढ्दै गएको नागरिक सचेतीकरण, सबलीकरण र सशक्तीकरण
  • मानव हक र अधिकार साथै मौलिक हकको दायरामा आएको विस्तार
  • जनताको Voice, Choice र Right को सम्बोधन गर्न
  • सरकारको संरचना, संसदीय प्रणाली वा व्यवस्था अनुसार
  •  सामाजिक (सांस्कृतिक चालचलन, रीतिरिवाज र परम्पराको कारण
  • Global Village को अवधारणाअनुरूप विविध कारणहरूले नवीन प्रवृतिहरू देखा परेको हो ।
तसर्थ,
शासनको प्रभावकारिता सार्वजनिक प्रशासनमा हुने हुँदा विश्वमा आएको विश्वव्यापीकरण, आर्थिक उदारीकण र निजीकरणको प्रभाव, राज्यको परिवर्तित भूमिका र विकसित नवीन मूल्यमान्यताअनुरूप सार्वजनिक प्रशासनमा नवीन मूल्यमान्यताको अवलम्बन र अनुशरण गरिनु पर्दछ ।