६ लाख घुससहित लेखा अधिकृत पक्राउ

काठमाडौं । चितवनको वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन् ।
औषधी आपूर्तिको बिल भुक्तानीका लागि उनले ६ लाख घुस लिएकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिइएको टोलीले उनलाई डेढ लाख घुस र चार लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो । भरतपुर महानगरपालिका –४ कटहरचोकबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया