NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

बुटवल–पाल्पा सडक खण्ड आजदेखि राति बन्द हुने

काठमाडौं । बुटवल–पाल्पा सडक खण्डमा रातिको समयमा सवारी सञ्चालन गर्न अनिश्चितकालीन रोक लगाइएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएको छ । उक्त सडक खण्डमा रातिको समयमा हुनसक्ने सम्भावित दुर्घटना तथा क्षति मध्यनजर गरेर प्रशासनले रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय लिएको हो ।

जिल्ला प्रशासन, कार्यालय, पाल्पाले साउन ९ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि बुटवल–पाल्पा सडक खण्डमा बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन रोक लगाइएको जनाएको छ ।

रातको समयमा एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारीसाधन भने सञ्चालन गर्न सकिनेछ । तर त्यसका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ ।