आन्तरिक रणनीति तय गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
पार्टी सभापति रवि लामिछानेले पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बिहीबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
पार्टीको आगामी कार्यक्रम, रणनीतिलगाभयत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको सो पार्टीले जनाएको छ ।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रास्वपाले प्रतिपक्षमा पुगेपछि पहिलो पटक रणनीति तथा भावी कार्यक्रम तय गर्न बैठक डाकेको हो ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया