लुम्बिनीको मुख्यमन्त्री चयनले एमालेमा विवाद, गिरीले दिए दलको नेताबाट राजीनामा

काठमाडौं । नेकपा एमाले, लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री नियुक्तिलाई लिएर रुष्ट गिरीले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गिरीले पार्टीको भागमा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रुचि देखाएका थिए । संसदीय दलका नेता भएकाले उनको दाबी स्वाभाविक पनि थियो । तर पार्टीले उनलाई रोकेर दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि एमालेभित्र विवाद उत्पन्न भएको छ ।
स्रोतका अनुसार, एमाले महासचिव शंकर पोखरेलको हस्तक्षेपमा गिरीलाई रोकेर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।
आफूलाई रोकेर आचार्यलाई मुख्यमन्त्री बनाइएपछि उनले त्यसको असन्तुष्टि बुधबार बिहान आयोजित मुख्यमन्त्रीको शपथ कार्यक्रममा सहभागी नभएर देखाएका थिए ।
स्रोतका अनुसार, शंकर पोखरेलले हस्तक्षेप गरेर आचार्यलाई मुख्यमन्त्री बनाएपछि सो पार्टीभित्र दुई धार देखिएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया