त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

काठमाडौ । सौयै एयरलाइन्सको जहाज दुर्घटना भएसँगै बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । दिउँसो १ बजेबाट विमानस्थलमा उडानहरु सुरु भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
टेक अफ गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजेर १० मिनेटमा दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ ।
दुर्घटनाको बारेमा छानविन समिति गठन गर्ने सरकारको तयारी छ ।
प्रतिक्रिया