NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ८ गते

विमान दुर्घटनाको जाँचबुझ आयोग गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको सौर्य एयरको जहाज दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले जाँच आयोग गठन गरेको छ । दुर्घटनाको छानविनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ ।

आयोगको सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक इन्जिनियरीङ क्याम्पसका प्राध्यापक डा.सुदीप भट्टराई र श्री एयरलाइन्सका सञ्जय अधिकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिवलाई तोकिएको छ ।

शोकमा सरकारले बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले राष्ट्रिय झन्डा आधा झुकाएर शोक मनाउने लगाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सो दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् । पाइलट मनिष शाक्यको उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ ।