मन्त्रीसरह सुविधा दिएर नियुक्त भएका वैरागीले राष्ट्रिय सुरक्षा सल्लाहकारबाट दिए राजीनामा
काठमाडौं । राष्ट्रिय सुरक्षा सल्लाहकाको पदबाट पूर्वमुख्यसचिव शंकरदास वैरागीले राजीनामा दिएका छन् । उनले साउन ९ गतेबाट लागू हुनेगरी राजीनामा दिएका हुन् ।
वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउनका लागि समय बाँकी हुँदै बैरागीलाई नयाँ पद खडा गरेर व्यवस्थापन गरिएको थियो । हाल वैरागीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा छन् । मन्त्री सरहको सेवा सुविधा दिनेगरी राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएका बैरागी त्यतिबेला निकै आलोचित भएका थिए । मुख्यसचिव नियुक्तिमा विधिलाई भत्काउन पुलको काम गर्नेमा उनको नाम सधैं अग्रपंक्तिमा आउँछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया