मन्त्रीसरह सुविधा दिएर नियुक्त भएका वैरागीले राष्ट्रिय सुरक्षा सल्लाहकारबाट दिए राजीनामा

काठमाडौं । राष्ट्रिय सुरक्षा सल्लाहकाको पदबाट पूर्वमुख्यसचिव शंकरदास वैरागीले राजीनामा दिएका छन् । उनले साउन ९ गतेबाट लागू हुनेगरी राजीनामा दिएका हुन् ।
वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउनका लागि समय बाँकी हुँदै बैरागीलाई नयाँ पद खडा गरेर व्यवस्थापन गरिएको थियो । हाल वैरागीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा छन् । मन्त्री सरहको सेवा सुविधा दिनेगरी राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएका बैरागी त्यतिबेला निकै आलोचित भएका थिए । मुख्यसचिव नियुक्तिमा विधिलाई भत्काउन पुलको काम गर्नेमा उनको नाम सधैं अग्रपंक्तिमा आउँछ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया