रोनाल्डोले दिलाउन सकेनन् नासरलाई उपाधि
काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरलाई साउदी सुपर कपको उपाधि दिलाउनबाट चुकेका छन् ।
अल नासर शनिबारको फाइनल खेलमा उपाधि हत्याउने दाउसहित मैदानमा उत्रिए पनि अल हिलालसँग ४–१ को फराकिलो गोलान्तरमा स्तब्ध बन्यो ।
अल नासरका क्रिस्टियानो रोनाल्डोले खेलको ४४औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा त्यो अग्रता जोगाउन नसक्दा नासर उपाधि पोल्टामा पार्नबाट चुक्यो ।
पहिलो हाफमा १–० ले पछि परेको अल हिलालले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै चार गोलको मद्दतमा उपाधि हत्यायो ।
हिलालका लागि अलेक्जेन्डर मित्रोभिच एक्लैले दुई गोल गरे। त्यस्तै, सर्गेज मिलिन्कोभिच र माल्कमले समान १/१ गोल थपे ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया