सातै प्रदेशका केही स्थानमा आज भारी वर्षा
काठमाडौं । मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । केही स्थानमा दिउँसो तथा रातिको समयमा भारी वर्षा हुनसक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सुझाएको छ ।
महाशाखाका अनुसार अहिले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसोको समयमा सातै प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण मौसमविदले गरेका छन् । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मंगलबार दिउँसो भारी वर्षाको आकलन गरिएको हो ।
रातिको समयमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान मौसमविदले गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया