बीमा प्राधिकरणका विज्ञ ओलीको बिदाई
काठमाडाैं । नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको दोस्रो पटकको चारवर्षे कार्यकाल आजदेखि पूरा हुन लागेको छ ।
त्यस अवसरमा बीमा विज्ञ सदस्य ओलीको विदाई एवम् सम्मानमा साेमबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उपहार तथा सम्झनाको चिनो प्रदान गरे ।
अध्यक्ष सिलवालले प्राधिकरणको संचालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पु¥याएको योगदान प्रशंसनीय रहेको बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया