प्रधानमन्त्रीले आज संसदमा सांसदसँग प्रश्नोत्तर गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभाका सांसदसँग प्रश्नोत्तर गर्दैछन् ।
संसद् सचिवालयले बिहीबार १ बजेका लागि तय बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने तय भएको जनाएको छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ मा सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नसक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर चल्दै आएको छ ।
त्यस्तै, आजकै बैठकले विषयगत समितिका केही सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावना छ । रास्वापाकी सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्वको विषयमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउने अर्को सम्भावित कार्यसूची पनि आज छ ।
संसद् सचिवालयका अनुसार धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदले राखेको विरोध सूचना निर्णयार्थ पेस गरेर त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले धितोपत्रसम्बन्धी विधेयक प्रस्तुत गर्ने अर्को सम्भावित कार्यसूची पनि तय गरिएको छ ।
ताजा अपडेट
-
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
-
अख्तियार र महालेखाबीचको समन्वय कानुनी रुपमै गर्ने प्रणाली बसाल्न सम्भव होला ?
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
-
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह
-
पोखरामा भएको विष्फोटबारे छानविन गर्न गृहले बनायो समिति
प्रतिक्रिया