प्रतिनिधिसभा बैठक बस्दै, मन्त्री–सांसदबीच प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधिसभामा आज मन्त्री र सांसदबीच प्रश्नोत्तर हुने भएको छ ।
दिउँसो १ बजेका लागि तय बैठकमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गर्ने कार्यक्रम तय रहेको संसद् सचिवालयले जनाएको छ ।
कार्यतालिका अनुसार मंगलबार स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, ऊर्जा तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित प्रश्न सांसदले राख्ने र मन्त्रीले त्यसको जवाफ दिनेछन् ।
धितोपत्र बोर्डसम्बन्धी पहिलो संशोधन विधेयक, २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव अर्थ मन्त्री विष्णु पौडेलले राख्ने अर्को कार्यसूची पनि छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया