गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले लिए सपथ

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त चारजना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी (श्रेष्ठ), स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
नेपाल पर्यटन बोर्ड पोखराको सभाकक्षमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया