एनआईसी एसिया बैंकको कार्ड थप मजबुत हुनेगरी भर्सन-४ मा स्तरोन्नति

काठमाडाैं । एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी यस बैंक PCI-DSS v4.0 भर्सनमा स्तरोन्नती भएको छ । बैंकले आफ्नै EFT Switch सञ्चालन गरेको दोस्रो वर्षमै PCI DSS v3.2.1 भर्सनबाट PCI-DSS v4.0 भर्सनमा स्तरोन्नति भएको जनाएको छ । यस स्तरोन्नतिसँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको बैंककाे दाबी छ ।
बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै EFT Switch द्वारा संचालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (VISA र Mastercard) छन्, जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ । त्यसैगरी, ATM, POS तथा eCommerce जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि VISA, Mastercard, China UnionPay स्वीकार गर्दछ ।
यसै सन्दर्भमा बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ । आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि बैंकले Panacea Infosec Pvt. Ltd. लाई नियुक्त गरेको थियो । यसैको फलस्वरुप, आफ्नै EFT Switch को शुरुवात गरेसँगै बैंकले PCI DSS v3.2.1 प्रमाणपत्र प्राप्त गर्न सफल भएको र यस स्वीच शुरुवात गरेको दोस्रो वर्षमै PCI DSS v3.2.1 बाट 4.0 भर्सनमा स्तररोन्नती भएको छ । यस पुनः प्रमाणिकरणले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षामा बैंक निरन्तर प्रयास र प्रतिवद्धतालाई स्वतन्त्ररुपमा प्रमाणित गर्नुका साथै बैंकले आवश्यक सबै आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यान्वयन गरेको सम्पूर्ण सरोकारवालाहरु समक्ष स्पष्ट पारेको छ ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया