नेप्से ओरालो यात्रामा
काठमाडौं । धितेपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १२ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार सात सय २७ दशमलव ३६ मा सिमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८६ दशमलव ३६ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
कूल दुई करोड एक लाख ५३ हजार नौ सय ९३ कित्ता शेयर रु नौ अर्ब ६५ करोड १५ लाख १३ हजार दुई सय ४६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यूनिक नेपाल लघुवित्त नौ दशमलव १४, नेष्डो समृद्धि लघुवित्त आठ दशमलव ४३, अप्प्र हेवाखोला हाइड्रोपावर सात दशमलव ९२ र गुडविल फाइनान्सका लगानीकर्ताले सात दशमलव ८३ प्रतिशतले कमाएका छन् । यस्तै, नेपाल फाइनान्स आठ दशमलव ९१, विन्दवासिनी हाइड्रोपावर पाँच दशमलव ७७, एनआरएन इन्फास्ट्रक्चर पाँच दशमलव शुन्य तीन, न्यादी हाइड्रोपावर चार दशमलव ८९ र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया