सिद्धार्थ बैंकका ग्राहकलाई धुलिखेलको मिराबेल रिसोर्टमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र काभ्रेको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
ताजा अपडेट
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
प्रतिक्रिया