NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज १९ गते

उपसभामुखलाई महाअभियोग लगाएर हटाउने तयारी

काठमाडौं । संवौानिक परिषद्मा मनोमानी गर्न सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने तयारी गरेको छ । उपभासमुख संवैधानिक परिषद्को सदस्य हुने प्रावधान छ । हाल संवैधानिक परिषद्मा सत्तारुढ दलको बहुमत नभएपछि यसरी महाअभियोग लगाउन लागिएको हो ।

सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा यसबारे सहमति भएको हो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नै यससम्बन्धि प्रस्ताव राखेका छन् । भिसाका लागि पत्र लेखेकै आधारमा उनलाई महाअभियोग लगाउन लागिएको हो । इन्दिरा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी हुन्।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहन्छन् । हाल सत्तासँग दुई मात्र सदस्य भएपछि निर्णय नहुने भएकाले मनोमानी गर्न उपभासमुख हटाउन लागिएको हो । संवैधानिक परिषद्मा नियुक्तिका लागि बहमुत आवश्यक हुन्छ ।

रानालाई हटाएर कांग्रेसबाट उपसभामुख बनाउने तयारी सत्तागठबन्धनको छ। संसदमा सभामुख र उपभासमुख एउटै दलबाट बनाउन नमिल्ने कानूनी व्यवस्था छ । हाल सभामुख एमालेबाट देवराज घिमिरे छन्।