NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज १९ गते

काठमाडौंसहित पाँच जिल्लाका सिडिओ फेरिए

काठमाडौैं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । काठमाडौंमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ । आचार्य कारागार व्यवस्थापन विभागको महानिर्देशकका रुपमा कार्यरत छन् । काठमाडौंमा कार्यरत सिडिओ जितेन्द्र बस्तेको अवधि एक वर्ष पुगिसकेको थियो ।

त्यस्तै, सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिला प्रसाद शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्यूठानमा रमा आचार्यलाई सिडिओमा पठाइएको छ । सिन्धुली, सिन्धुपाल्चोक र अर्घाखाँचीमा एक महिनादेखि सिडिओ पद रिक्त थियो । प्यूठानका नारायण अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
त्यस्तै, सहसचिव टोकराज पाण्डेलाई मन्त्रालयको नीति योजना महाशाखामा पदस्थापन भएको छ ।

गृह मन्त्रालयमा गोकर्णमणि दुवाडी सचिव भएर आएसँगै रोकिएको सरुवा अघि बढेको हो । अन्य जिल्लामा पनि सिडिओ सरुवाको तयारी भइरहेको छ।