गोली प्रहार गरी सर्लाहीमा युवकद्वारा श्रीमतीको हत्या
काठमाडौं । सर्लाहीमा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गोली लागेर युवकका बावु घाइते छन् ।
हरिपूर्वा नगरपालिका–५ का धीरेन्द्र यादवले बिहीबार बिहान २ बजे २३ वर्षीया श्रीमती चित्रलेखा यादवको गोली हानी हत्या गरेका हुन् ।
टाउकोमा दुई राउण्ड गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् ।
साथीसँग मोटरसाइकलमा आएका उनी घटनालगत्तै फरार भएका छन् । प्रहरीका अनुसार घटनामा संलग्न दुई जनाको खोजीकार्य भइरहेको छ ।
घरायसी विवादमा धीरेन्द्रले परिवारका सदस्यमाथि गोली चलाएको बताइए पनि यकिन कारण खुलिसकेको छैन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया