परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
अमेरिका । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ ।
यहाँस्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ ।
एमसिसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका आएकी परराष्ट्रमन्त्री डा राणा यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि सो भेटघाट भएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया