चाडपर्वमा ‘आईएमई पे’ को अफर : पल्सरको एन एस बाइकदेखि आइफोन १६ सम्म जित्ने अवसर

काठमाडौं । ‘आईएमई पे’ ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आइएमई पे डिजिटल दशैं तिहार-२०८१’ योजना सार्वजनिक गरेको छ ।
१७ असोजदेखि २२ कात्तिकसम्म लागु हुने यस योजना अन्तर्गत सेवाग्राहीहरूले आईएमई पे मार्फत गर्ने करोबारमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरू जित्न सक्नेछन् ।
मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा आइफोन १६, फ्रिज, वासिङ मेसिन, टीभी, वान प्लस प्याड, साप्ताहिकमा सीएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरू रहेका छन् ।
साथै सेवाग्राहीहरूले आफ्नो आईएमई पे एपमा कुनै पनि बैंकको खाता लिङ्क गरेको खण्डमा यी पुरस्कारहरू जित्ने डबल मौका पाउनेछन् ।
डिजिटल भुक्तानी सुविधालाई ग्राहक समक्ष बढावा दिने योजनालाई थप परिस्कृत गर्दै आईएमई पे मार्फत गरिने विभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिनेछ ।
विजेता घोषणा आईएमई पेको सामाजिक सञ्जाल मार्फत हुनेछ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया