चाडपर्वमा ‘आईएमई पे’ को अफर : पल्सरको एन एस बाइकदेखि आइफोन १६ सम्म जित्ने अवसर
काठमाडौं । ‘आईएमई पे’ ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आइएमई पे डिजिटल दशैं तिहार-२०८१’ योजना सार्वजनिक गरेको छ ।
१७ असोजदेखि २२ कात्तिकसम्म लागु हुने यस योजना अन्तर्गत सेवाग्राहीहरूले आईएमई पे मार्फत गर्ने करोबारमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरू जित्न सक्नेछन् ।
मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा आइफोन १६, फ्रिज, वासिङ मेसिन, टीभी, वान प्लस प्याड, साप्ताहिकमा सीएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरू रहेका छन् ।
साथै सेवाग्राहीहरूले आफ्नो आईएमई पे एपमा कुनै पनि बैंकको खाता लिङ्क गरेको खण्डमा यी पुरस्कारहरू जित्ने डबल मौका पाउनेछन् ।
डिजिटल भुक्तानी सुविधालाई ग्राहक समक्ष बढावा दिने योजनालाई थप परिस्कृत गर्दै आईएमई पे मार्फत गरिने विभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिनेछ ।
विजेता घोषणा आईएमई पेको सामाजिक सञ्जाल मार्फत हुनेछ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया