दसैंपछिको पहिलो कारोबार दिन ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडाैं । दसैंपछिको पहिलो कारोबार दिन (मंगबार) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि दसैंअघिको अन्तिम कारोबार दिन सुनको मूल्य १ लाख ५९ हजार १ सय रुपैयाँ थियो ।
सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँ पुगेको छ ।
यसअघि दसैंअघिको अन्तिम कारोबार दिन असोज २३ मा चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया