दसैंपछिको पहिलो कारोबार दिन ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो ?
काठमाडाैं । दसैंपछिको पहिलो कारोबार दिन (मंगबार) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि दसैंअघिको अन्तिम कारोबार दिन सुनको मूल्य १ लाख ५९ हजार १ सय रुपैयाँ थियो ।
सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँ पुगेको छ ।
यसअघि दसैंअघिको अन्तिम कारोबार दिन असोज २३ मा चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया