राष्ट्र बैंकको अनुरोध : परिचित व्यक्तिले सापटी भन्दै क्युआर पठाइदिँदैमा पैसा पठाइनहाल्नुस्
काठमाडौ । पछिल्लो समय अनलाइन बैंकिङको विकाससँगै ठगीका नयाँनयाँ स्वरूपहरू स्वरुपहरु परिवर्तन हुँदै गएको छ । अपरिचित व्यक्ति तथा नम्बरबाट ह्वाट्स एप, भाइवर म्यासेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको भन्दै म्यासेज, भिडियोहरू आउने गरेको छ ।
विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरू जस्तै क्रिप्टोकरेन्सी,फरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरू उपलब्ध रहेको जस्ता सन्देशहरू तथा भिडियोहरू समेत विधिन्न व्यक्तिलाई प्राप्त हुने गरेको छ । यस्ता सन्देशहरू विद्युतीय ठगी हुन सक्ने भएकाले नेपाल राष्ट्र बैंकले यस्ता सन्देश तथा भिडियोबाट सचेत रहन आग्रह गरेको छ ।
यस्ता सन्देशहरू मार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईंलाई आकर्षक प्रस्तावहरू दिँदै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट आर्थिक हानि नोक्सानी पुग्न सक्ने भएकाले सचेत रहन राष्ट्र बैंकले अनुरोध गरेको हो ।
राष्ट्र बैंकद्वारा जारी सूचनमा भनिएको छ, ‘अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै वुद्धिमानी हुन्छ । कहिलेकाहीँ परिचित व्यक्तिको ह्वाट्स एप तथा म्यासेन्जरबाट समेत विभिन्न बनावटी प्रयोजन देखाइ केही रकम सापटीको रूपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै क्युआर कोड समेत प्राप्त हुनसक्छ । त्यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट नै आएको हो होइन यकिन गरेर मात्र रकम पठाउने निर्णय लिनुपर्दछ ।’
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण



प्रतिक्रिया