अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं । अपि पावर कम्पनी लिमिटेड (API) को लाभांश सुरक्षित गर्ने आज अर्थात कात्तिक १ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात कात्तिक २ गते बुकक्लोज गर्दैछ।
त्यहीअनुसार कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १९ गते, होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।
ताजा अपडेट
-
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
-
बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
प्रतिक्रिया