NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

टी–२० आईको पहिलो खेलमा नेपालले निकाल्यो अमेरिकामाथि जित

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले अमेरिकालाई परास्त गरेको छ । शुक्रबार बिहान ग्राण्डपेरी रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोली अमेरिकालाई १७ रनले परास्त गरेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले १६५ रनको लक्ष्य दिएकोमा अमेरिकाले ७ विकेट गुमाएर मात्र १४७ रन जोड्न सक्यो ।

अमेरिकाका लागि शायनले सर्वाधिक ६० रन जोडे । त्यस्तै, आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो रन जोड्न सकेनन् ।

दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदा करण केसी, रिजन ढकाल र गुल्सन झाले समान १–१ विकेट झारे ।

यसअघि टस हारेर पहिले व्याटिङ सम्हालेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनायो ।

आजको खेलमा नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । उनले १ छक्का र चार चौकाको मद्दतमा ४९ रनको योगफल बनाएका हुन् । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७–२७, गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रनको योगदान दिए । यसबाहेक अन्यले भने दोहोरो रन जोड्न सकेनन् । करण केसी र आशिफ शेख भने शून्य रनमै आउट भए ।

अमेरिकाका हरम्रीत सिंह र सौरभ नेत्रवालकरले समान २–२ विकेट र अली खान तथा नोस्थुस केंजिगेले १÷१ विकेट लिए ।