वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार
पर्सा । वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व सङ्कलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले रु २२ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्षको असोजसम्म कार्यालयले रु ३८ अर्ब ८५ करोड ३१ लाख राजस्व सङ्कलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले रु ३९ अर्ब सात करोड ३९ लाख राजस्व सङ्कलन गरेको हो ।
यद्यपि कार्यालयले चालु आवको असोजसम्म रु ५२ अर्ब ९९ करोड ६३ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । हाल सङ्कलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले रु ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व सङ्कलन गर्न लक्ष्य लिएकामा ३२ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया