NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

माओवादी केन्द्रले आज खबरदारीसभा गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले शनिबार राजधानीमा सरकारविरुद्ध खबरदारीसभा गर्दैछ ।

सरकारले गरेका गलत कामको विरोध र गर्नुपर्ने कामको ध्यानाकर्षण गराउन माओवादी केन्द्रले विरोध कार्यक्रम गर्न लागेको हो ।

विरोधसभा अगाडि काठमाडौं मलअगाडिबाट जुलुस निकाल्ने माओवादीको तयारी छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा ११ बजेपछि निकालिने जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने सो पार्टीले जनाएको छ ।

यसअघि माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दलले सरकारको १०० दिनको अवसरमा सरकारको ध्यानाकर्षण गराएका थिए । ओली नेतृत्वमा सरकार बनेपछि त्यसलाई लक्ष्य गरेर माओवादीले विरोध कार्यक्रम भने पहिलो पटक गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष