माओवादी केन्द्रले आज खबरदारीसभा गर्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले शनिबार राजधानीमा सरकारविरुद्ध खबरदारीसभा गर्दैछ ।
सरकारले गरेका गलत कामको विरोध र गर्नुपर्ने कामको ध्यानाकर्षण गराउन माओवादी केन्द्रले विरोध कार्यक्रम गर्न लागेको हो ।
विरोधसभा अगाडि काठमाडौं मलअगाडिबाट जुलुस निकाल्ने माओवादीको तयारी छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा ११ बजेपछि निकालिने जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने सो पार्टीले जनाएको छ ।
यसअघि माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दलले सरकारको १०० दिनको अवसरमा सरकारको ध्यानाकर्षण गराएका थिए । ओली नेतृत्वमा सरकार बनेपछि त्यसलाई लक्ष्य गरेर माओवादीले विरोध कार्यक्रम भने पहिलो पटक गरेको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया