जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका-११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् ।
जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
पक्राउ परेकालाई इप्रका बनेपामा राखी आज म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले यसअघि बुधबार साँझ मात्रै पनौती-९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई रु ९५ हजार नगद बरामद गरेको थियो । उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया