NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक २७ गते

नबिल बैंकको लाभांश घोषणा

काठमाडाैं । नबिल बैंक लिमिटेड (NABIL) ले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १३ गते बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषणा गरेको लाभांश आगामी  वार्षिक साधारणासभाले पारित गरेपश्चात र नेपाल राष्ट्र बैंकको स्वीकृत भएपछि वितरण हुने बैंकले जनाएको छ ।