लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन भ्रमणमा जाँदै
लुम्बिनी । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उनको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।
मुख्यमन्त्री आचार्यका साथ आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत प्रदेश सरकारका उच्च अधिकारी सहभागी हुनेछन् ।
लुम्बिनी प्रदेश सरकार र सिछुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने उद्देश्यले २०७६ सालमा भगिनी सम्बन्ध कायम भएको हो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।
लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई कार्यान्वयन तथा दुई पक्षीय सहयोग र सहकार्य विस्तारका दिशामा उच्चस्तरीय वार्ता हुने प्रवक्ता पन्तले बताए।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया