११ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडाैं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ११ अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा झरेको छ ।
मंगलबार ३१२ कम्पनीको ८२ हजार ५७० पटकको कारोबारमा एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रूपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूह बढेको छ भने बाँकी घटेका छन् । वित्त, निर्जीवन बीमा कम्पनी र व्यापार क्रमश : १.१२, ०.१३ र ०.३५ प्रतिशतले बढेको छ ।
आज गुरास लघुवित्त, मेन्छ्योम हाइड्रोपावर, बेस्ट फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा गुडविल फाइनान्स लिमिटेडको सर्वाधिक २९ करोड २८ लाख ६१ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा बेस्ट फाइनान्स कम्पनीको २९ करोड २५ लाख ६९ हजार चार सय रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया