सानिमा माइ हाइड्रोपावरको नाफा घट्यो
काठमाडाैं । सानिमा माइ हाइड्रोपावर लिमिटेड (SHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरणअनुसार सो कम्पनीको खुद नाफा गत वर्षको तुलनामा घटेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले २० करोड २० लाख रूपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले गत वर्षको सोही अवधिमा २५ करोड २८ लाख रूपैयाँ नाफा कमाएको थियो ।
नाफासँगै कम्पनीको इपिएस पनि घटेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस ८ रुपैयाँ ९४ पैसा छ । गत आवको सोही अवधिमा कम्पनीको इपिएस ८ रूपैयाँ १८ पैसा थियो ।
पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३ पैसा रहेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया