अनुमति नलिइ वन्यजन्तु पाल्ने दुई जना पक्राउ
चितवन । जङ्गली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
उनीहरुले अनुमति नलिइ दुई वटा बँदेल पालेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
उनका अनुसार वन्यजन्तु पाल्न वन्यजन्तु पालनपोषणसम्बन्धी कार्यविधिअनुसार विभागबाट अनुमति लिनुपर्नेमा अनुमति नलिइ पालेको पाइएकाले पक्राउ गरिएको हो । व्यावसायिक रूपमा वन्यजन्तु पाल्न पनि अनुमति लिनुपर्ने उनले बताए।
पक्राउ परेका दुवैलाई अवैध रूपमा वन्यजन्तु पालन गरेको अभियोगमा कारबाही हुने सूचना अधिकारी थापामगरले जानकारी दिए। अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम निकुञ्जले सार्वजनिक गरेको छैन ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया