निफ्राको नाफामा गिरावट

काठमाडाैं । नेपाल इन्फ्राक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्ष ०८१/०८२ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तियविवरणअनुसार कम्पनीले ३५ करोड ९ लाख रूपैयाँ नाफा कमाएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ४१ करोड ३८ लाख नाफा कमाएको थियो ।
कम्पनीले चालु आवको तीन महिनामा कम्पनीको ब्याज आम्दानीमा पनि गिरावट देखिएको छ । चालु आवको तीन महिनामा कम्पनीले ५६ करोड २६ लाख रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको ब्याज आम्दानी ७० करोड १५ लाख रूपैयाँ थियो ।
त्यस्तै कम्पनीको चुक्तापुँजी २१ अर्ब ६० करोड रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रूपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ ११५ रूपैयाँ ३८ पैसा रहेको छ ।
प्रतिक्रिया