निफ्राको नाफामा गिरावट
काठमाडाैं । नेपाल इन्फ्राक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्ष ०८१/०८२ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तियविवरणअनुसार कम्पनीले ३५ करोड ९ लाख रूपैयाँ नाफा कमाएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ४१ करोड ३८ लाख नाफा कमाएको थियो ।
कम्पनीले चालु आवको तीन महिनामा कम्पनीको ब्याज आम्दानीमा पनि गिरावट देखिएको छ । चालु आवको तीन महिनामा कम्पनीले ५६ करोड २६ लाख रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको ब्याज आम्दानी ७० करोड १५ लाख रूपैयाँ थियो ।
त्यस्तै कम्पनीको चुक्तापुँजी २१ अर्ब ६० करोड रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रूपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ ११५ रूपैयाँ ३८ पैसा रहेको छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया