फोहोर व्यवस्थापन समितिको बैठकमा गएनन् बालेन
काठमाडौं । फोहोर व्यवस्थापन समितिको बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह अनुपस्थित भएका छन् ।
फोहोर व्यवस्थापनमा अहिले भइरहेका कार्य, बञ्चरेडाँडाको अवस्था, फोहोर व्यवस्थापनको दीर्घकालीन उपायलगायत एजेण्डामा छलफल गर्न शहरी विकास मन्त्री, विभिन्न मन्त्रालयका सचिव, सम्बन्धित स्थानीय तहका प्रमुखको बैठक आइतबार बिहान बोलाइएको थियो । अन्य स्थानीय तहका जनप्रतिनिधि उपस्थित भए पनि बालेन भने बैठकमा सहभागी भएका छैनन् । बैठकमा उनले प्रमुख कार्यकारी अधिकृतलाई महानगरपालिकाको प्रतिनिधित्व गराउँदै पठाएका छन् ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि यसअघि आह्वान गरिएका बैठकमा पनि बालेन अनुपस्थित थिए । काठमाडौंको फोहोर व्यवस्थापनमा अपेक्षित सहयोग प्राप्त नहुँदा बालेन रुष्ट छन् । उनले यसको प्रतिक्रियामा पटक पटक सामाजिक सञ्जालमा समेत लेख्दै आइरहेका छन् । यही असन्तुष्टिका कारण बालेन आइतबार आह्वान गरिएको बैठकमा पनि अनुपस्थित भएको अनुमान गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया