फोहोर व्यवस्थापन समितिको बैठकमा गएनन् बालेन

काठमाडौं । फोहोर व्यवस्थापन समितिको बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह अनुपस्थित भएका छन् ।
फोहोर व्यवस्थापनमा अहिले भइरहेका कार्य, बञ्चरेडाँडाको अवस्था, फोहोर व्यवस्थापनको दीर्घकालीन उपायलगायत एजेण्डामा छलफल गर्न शहरी विकास मन्त्री, विभिन्न मन्त्रालयका सचिव, सम्बन्धित स्थानीय तहका प्रमुखको बैठक आइतबार बिहान बोलाइएको थियो । अन्य स्थानीय तहका जनप्रतिनिधि उपस्थित भए पनि बालेन भने बैठकमा सहभागी भएका छैनन् । बैठकमा उनले प्रमुख कार्यकारी अधिकृतलाई महानगरपालिकाको प्रतिनिधित्व गराउँदै पठाएका छन् ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि यसअघि आह्वान गरिएका बैठकमा पनि बालेन अनुपस्थित थिए । काठमाडौंको फोहोर व्यवस्थापनमा अपेक्षित सहयोग प्राप्त नहुँदा बालेन रुष्ट छन् । उनले यसको प्रतिक्रियामा पटक पटक सामाजिक सञ्जालमा समेत लेख्दै आइरहेका छन् । यही असन्तुष्टिका कारण बालेन आइतबार आह्वान गरिएको बैठकमा पनि अनुपस्थित भएको अनुमान गरिएको छ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया