इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति

काठमाडौं (एजेन्सी) । युद्धरत इजरायल र लेबनान युद्धविराम गर्न सहमत भएका छन् ।
सुरुमा लेबनानले इजरायलसँग युद्धविराम गर्न प्रस्ताव गरेको थियो । इजरायलको सुरक्षा क्याबिनेटले उक्त प्रस्ताव स्वीकार गरेसँगै दुईबीच युद्धविराम हुने भएको हो ।
इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै आक्रमण गरेपछि केही समययता दुई देशबीच युद्ध जारी थियो । दुई देशबीच भएको युद्धविरामको सहमति छिट्टै कार्यान्वयनमा जाने विश्वास गरिएको छ ।
दुई देशबीच भएको युद्धविराम सहमतिमा इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने र हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूह फिर्ता गर्ने उल्लेख छ ।
दुई देशबीच भएको युद्धविराम सहमतिको अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिरियो गुटरेसले युद्धविराम सहमतिलाई इमानदारिताका साथ कार्यान्वयन गर्न दुवै पक्षलाई आह्वान गरेका छन् ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया