जीडीपीमा कृषिको योगदान किन निरन्तर घट्दै गइरहेको छ ?
काठमाडाैं । नेपाल कृषि प्रधान देश हो । नेपालका अधिकांश नागरिक कृषि पेशामा संलग्न छन् । यद्यपि कुल गाह्रस्थ उत्पादनमा भने कृषिको योगदान निरन्तर घट्दै गइरहेको छ ।
कृषिगणना २०७८ अनुसार नेपालमा अहिले कुल ४१ लाख ३० हजार परिवारले २२ लाख १८ हजार हेक्टर जग्गामा कृषि गरेको देखिन्छ ।
दश वर्षअघिको कृषिगणनामा ३८ लाख ३१ हजार परिवारले २५ लाख २५ हजार हेक्टरमा कृषिकार्य गरेको पाइएको थियो। नेपालका कुल परिवारमध्ये ६२ प्रतिशत मात्र कृषक परिवार रहेको पाइएको छ। दश वर्षअघि कुल परिवारमध्ये ७१ प्रतिशत परिवार कृषक थिए।
यसरी १० वर्षको अवधिमा कृषक परिवारको संख्या बढेपनि कृषि गर्नेको संख्यामा भने कमी देखिएको छ ।
पछिल्लो तथ्यांकअनुसार खेतीयोग्य जमिनको क्षेत्रफलमा कमी देखिन्छ । १० वर्षअघि देशको २५ लाख भन्दा बढी हेक्टरमा खेती हुने गरेकोमा अहिले त्यो २२ लाख १८ हजार हेक्टरमा सीमित छ ।
२०७८ को जनगणनाअनुसार ५७.३ प्रतिशत कृषिमा संलगन रहेको छ । जिडिपीमा योगदान भने २५ प्रतिशत भन्दा कम छ । यसको मूल कारण के हो ? कृषि व्यवसायबाट सफल कृषक हुनको लागि ध्यान पुर्याउनै पर्ने कुरा के के हुन्, कृषि कर्जा सहजै कसरी लिन सकिन्छ ?
नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा तयार पारेको टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ यो एपिसोडमा कृषिसँग सम्बन्धित उल्लेखित विषयहरूमा रहेर छलफल गर्न खोजिएको छ। यससन्दर्भमा तयार पारिएको भिडियो हेर्नुहोस् :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया