NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

उपनिर्वाचनको मौन अवधि सुरु

काठमाडौं । आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु भएको छ ।

मतदानको ४८ घण्टा अघिबाट चुनावी प्रचारप्रसार गर्न नपाइने कानूनी व्यवस्था छ । सोही प्रावधानअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।

निर्वाचन आयोगले गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाउँदै भर्चुअल तथा भौतिक दुवै माध्यमबाट मत माग्ने र प्रभावित गर्ने कार्य गर्न नपाइने जनाएको छ ।

चुनावी विश्लेषणको सामग्री प्रकाशन तथा प्रसारणमा पनि निर्वाचन आयोगले रोक लगाएको छ ।

कसैले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेमा मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ ।

३३ जिल्लाको ४४ स्थानीय तहको रिक्त पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक मेयर, एक उपमेयर, गाउँपालिका अध्यक्ष २, ४ उपाध्यक्ष र ३४ वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो ।