NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

नेपाल प्रहरीका चार एसपीको एसएसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीको स्वास्थ्य समूहका चार प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति बिहीबार बसेको बैठकले प्राविधिक सेवाका उनीहरूलाई सोही सेवाको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा. सुवर्ण कुँवर छन् ।

बढुवा सिफारिस समितिको सचिवालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम उनीहरूको बढुवा सिफारिस गरिएको जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष