थप ४ स्थानको अन्तिम परिणाम सार्वजनिक, कहाँ को विजयी ?
काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको थप चार स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
मकवानपुरको हेटौंडा–१२ , रौतहटको राजपुर–६, ताप्लेजुङको सिरीजङ्घा–३ र महोत्तरीको रामगोपालपुर–२ को अन्तिम नतिजा सार्वजनिक भएको हो ।
ताप्लेजुङ, ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले) का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी हुनुभएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरेका थिए ।
यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवारले विजय हासिल गरेका छन् ।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे ।
यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षपदमा नेकपा (एमाले) का सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
त्यसैगरी, रौतहटको राजपुर नगरपालिका ६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलमले सात सय ४४ मत प्राप्त गरेर जित निकालेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का जिकरुल्लाहले चार सय ६३ मत प्राप्त गरे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया