नलगाड नगरपालिकाको उपमेयर माओवादी केन्द्रको पोल्टामा
काठमडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रको पल्लाभारी भएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेको उक्त पदमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी हुन् ।
निर्वाचन आयोगका अनुसार, लामिछानेले ४२७२ मतका साथ जित निकाल्दा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाएकी छन् । तेस्रो स्थानमा रहेकी एमालेकी सुनिता बोहराले २ हजार ५४२ मत जोडिन् ।
यसअघि यो नगरपालिकाको उपमेयरमा कांग्रेस उम्मेदवार विजयी भएका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया