प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत थिए ।
प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चारदिवसीय भ्रमणका क्रममा हिजो अपराह्न त्यहाँ पगेका हुन् ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया