जापानमा यो वर्ष सामान्य भन्दा तापक्रम बढी
एजेन्सी । जापान मौसम एजेन्सीले १२६ वर्ष पहिले रेकर्ड सुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो बर्षको भएको जनाएको छ ।
जापानी मौसम विज्ञान एजेन्सीले सोमबार आफ्नो वेबसाइटमा जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी रहेको तथा यो सन् १८९८ पछिको सबैभन्दा धेरै तापक्रम रहेको उल्लेख गरेको छ ।
सेप्टेम्बर र नोभेम्बरको बीचमा, टोकियोमा सामान्य भन्दा २.४ डिग्री सेल्सियस, मध्य शहर नागोयामा २.९ र उत्तरी साप्पोरो सहरमा १.२ डिग्री बढी तापक्रम थियो ।
जापानले यस वर्ष चरम गर्मीको रेकर्ड गरेको छ जुन वैज्ञानिकहरूले जलवायु परिवर्तनको कारणले भएको बताएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया