प्रधानमन्त्री ओली चीनबाट नेपाल प्रस्थान, उपपरराष्ट्रमन्त्रीले गरे बिदाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट बिदा भएर नेपाल प्रस्थान गरेका छन् ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा सोमबार चीनको चारदिने औपचारिक भ्रमणका निस्किएका ओली बिहीबार बिहान नेपाल प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बिदाइ गरे । ओली बिहीबार बिहान २ बजे नेपाल आइपुग्ने बताइएको छ ।
आफ्नो पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि चीन रोजेका ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ समकक्षी ली छ्याङलगायतसँग भेटवार्ता गरेका थिए ।
भ्रमणका दौरानमा बिआरआईको फ्रेमवर्कमा पनि नेपाल र चीनबीच सम्झौता भएको छ ।
ताजा अपडेट
-
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
-
अख्तियार र महालेखाबीचको समन्वय कानुनी रुपमै गर्ने प्रणाली बसाल्न सम्भव होला ?
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
-
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह
-
पोखरामा भएको विष्फोटबारे छानविन गर्न गृहले बनायो समिति
प्रतिक्रिया