रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार पुनः अदालतमा उपस्थित गराइने भएको छ ।
लामिछानेमाथि अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले अन्तिम पटक ४ दिनको समय उपलब्ध गराएको थियो । उक्त समय बिहीबार सकिने भएपछि अदालतमा उपस्थित गराउन लागिएको हो ।
लामिछानेमाथिको अनुसन्धान बाँकी रहेकाले थप समय माग गर्न अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गोरखा मिडिया प्रालिमा रकम स्थानान्तरण गरिएका सहकारी रहेका जिल्लामै पु–याएर प्रहरीले रविसँग बयान लिइसकेको छ । जिल्ला अदालत कास्कीको पक्राउ पुर्जीका आधारमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याइएका लामिछानेलाई रूपन्देही, बुटवल, काठमाडौं र वीरगञ्ज लगेर बयान लिइएको हो । रविमाथि सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण, संगठित ठगीमाथि पनि प्र्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
लामिछानेमाथि अनावश्यक समय थप गराएर राजनीतिक प्रतिशोध साधेको आरोप लागिरहेका बेला प्रहरीले अब भने अन्तिम पटक समय थप गर्ने तयारी गरेको छ ।
‘अनुसन्धानको काम थोरै बाँकी रहेकाले अन्तिम पटक अदालतबाट समय थप गरेर अर्को पालि अदालतमा मुद्दा पेश गर्ने तयारी भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया