अमेरिकाको विद्यालयमा गोलीकाण्ड, २ जनाको मृत्यु
काठमाडौं (एजेन्सी) । अमेरिकाको म्याडिसनस्थित एक विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
सोमबार भएको उक्त घटनामा आक्रमणकारीको मृत्यु भए पनि त्यसरी गोली चलाउनुको कारणबारे केही खुलेको छैन ।
बिबिसीका अनुसार प्रहरीले घटनाका पीडित र आक्रमणकारीबारे केही बताएको छैन ।
बीबीसीसँग सम्बद्ध सीबीएस न्यूज र अन्य मिडिया रिपोर्टहरूमा भने आक्रमणकारी महिला भएको बताइएको छ ।
म्याडिसनका प्रहरी प्रमुख शान बर्न्सले घटनास्थलमा अफिसरहरूले एउटा ह्यान्डगन बरामद गरेको बताए।
अधिकारीहरूले घटनाका प्रत्यक्षदर्शीहरूलाई आफूले देखेका सबै कुराको जानकारी प्रहरीलाई दिन अपिल गरेका छन्।
अमेरिकाका नागरिकलाई बन्दुक राख्न पाउने अधिकार दिइए पनि त्यसको दुरूपयोग हुँदै आएको छ । बन्दुक आक्रमण बढेपछि यसमाथि बहस चले पनि यस्ता घटना न्यूनीकरण हुन सकेका छैनन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया