बाजुराको विद्यालयलाई ईसेवाको ल्यापटप र शैक्षिक सामग्री
काठमाडौं । ईसेवा मनी ट्रान्सफरले बाजुराको पार्वती माध्यमिक विद्यालयलाई ल्यापटप, पुस्तकलगायतका शैक्षिक सामग्री सहयोग गरेको छ ।
डिजिटल साक्षरताका लागि आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ईसेवाले अति विकट र पिछडिएको जिल्ला बाजुराको विद्यालयलाई शैक्षिक सामग्री र ल्यापटप उपलब्ध गराएको हो ।
त्रिवेणी नगरपालिका-९ मा २०३९ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १ देखि १० सम्म अध्यापन हुँदै आएको छ । सी.टी.ई.भी.टी बाजुराबाट मान्यता प्राप्त यस विद्यालयमा सिभिल इन्जिनियरिङ विषयकाे पनि पढाइ हुन्छ ।
शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विद्यालयका प्रतिनिधिहरूलाई उक्त सहयोग हस्तान्तरण गरेको ईसेवाले जनाएको छ ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत कोइरालाले ग्रामीण क्षेत्रको शिक्षा र प्रविधिको विकासका लागि आगामी दिनमा पनि यस्ता सहयोग जारी राखिने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका प्रतिनिधिहरूले सहयोगका निम्ति ईसेवालाई धन्यवाद ज्ञापन गर्दै प्राप्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिएर परम्परागत शैलीसँगै डिजिटल माध्यमबाट विप्रेषण सेवा प्रदान गरिरहेको इसेवाले विगतका वर्षहरूदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयाेग उपलब्ध गराउँदै आइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया